कृष्ण आचार्य, चितवन । चितवनको माडी नगरपालिका ८ शिबद्धारकी गौमाया पुन यतिवेला व्यस्त छिन् । होमस्टेमा आउने पाउनाको स्वागत सत्कार र घरायसी कामले उनको ब्यस्तता बढेको हो । विसंं २०७२ सालको माघबाट सुरू भएको चितवन माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायीक होमस्टे आउने पर्यटकको संख्या बर्सेनी बढ्दै गएपछि उनको व्यस्तता पनि बढेको छ ।
बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिसहरु फुर्सदको समयमा माडीको होमस्टेमा आनन्द लिन जाने गरेका छन् । होमस्टे संचालन गरेसंगै गौमायाको जस्तै स्थानियको जिवनस्तर र दैनिकीमा समेत परिवर्तन आएको छ । “होमस्टे संचालन भएपछि राम्रो आम्दानीको स्रोत भएको छ,उनले भनिन्’,होमस्टे संचालन भएपछि बाटो बन्यो,बिजुली पनि अयो ।”
होमस्टे सोचेभन्दा सफल भएको उनले बताइन् । आजभोलि दिनचर्या आफ्नो गा“उमा आउने पाहुनाहरुलाई स्वागत सत्कार र सेवामा नै वित्ने गरेको पुनको भनाई छ ।
एउटा सामान्य समुहको रुपमा रहेको गाउ“मा विभिन्न पुर्वाधारहरुको विकास गरी होम स्टे सञ्चालन गरेर माडीको शिवद्धारका स्थानियले अहिले आर्थिक उपार्जनको साथै आफ्नो संस्कृती, कला र परम्पराको समेत संरक्षण र प्रचार प्रसार गरिरहेका छन् । होमस्टे संचालन भएपछि जिविकोपार्जनमा सहजता आएको संचालक गौमाया पुनले बताइन् ।
११ बटा होमस्टेमा २२ कोठा र ४४ जना अट्ने क्षमता छ । होमस्टेमा आउने पाउनाबाट कोठाको १ हजार,खानाको २ सय ५० र खाजाको १ सय रुपैंया लिने गरिएको छ । हरेक होमस्टेमा सोलारको व्यवस्था छ भने सबै रुममा तातो चिसो पानिको समेत व्यवस्था गरिएको छ ।
साढे २ बर्षको समय अवधिमा ८ हजार बढी पर्यटक होमस्टेमा आएको अयोध्यापुरी मध्यवर्ती सामुदायीक होमस्टेका अध्यक्ष मोहन बहादुर पुन मगर बताए । उनले सबै खर्च कटाएर ४० लाख नाफा गरेको जानकारी दिए । अहिले फाट्ट–फुट्ट आउने गरेका विदेशी पर्यटक पनि असोजदेखी नियमित गराउने अभियान थालिएको उनको भनाई छ । राष्ट्रिय निकुन्जबाट पिडित हामी अहिले तिनै बन्यजन्तु देखाएर पर्यापर्यटनको संरक्षणमा जुटेका छौं उनले भने ।
होमस्टेलाई चितवन राष्ट्रिय निकुन्ज,मध्यवर्ती उपभोक्ता समिती,नगरपालिका,तराई भू–परिधी कार्यक्रम (ताल) र बिभिन्न संघ सस्थाले सहयोग गरेका छन् । माडी संरक्षित वन्यजन्तु बाघ, गैडा, भालु हात्ती, जरायोलगायत चराचुरुङगीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो भने विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रले प्रख्यात छ । भारतबाट समेत धार्मिक पर्यटक आएर पुजा गर्ने परशुराम कुण्डसमेत माडीमा रहेको छ ।
चितवन निकुञ्जले सौराहा–पटिहानी र पटिहानी–माडीको पर्यटक पदमार्ग निर्माण गरेपछि माडीमा पर्यटकीय गतिविधिले गति लिएको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउछन् । स्थानिय स्तरमै रोजगारको अवसर संगै पर्यापर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा माडीको होमस्टे अघि बढेको मेयर ढकालले बताए ।











प्रतिक्रिया