काठमाडौं(नेस) । अमेरिकाको न्यूयोकस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८ मा नेपालको तर्फबाट सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल गौचरणमा शुभकामना सहित हार्दिक बिदाई गर्नुभयो ।
असार ६ गते सुरु भई ७ गते सम्पन्न हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीहरूको रोकथाममा सदस्य राष्ट्रहरूका प्रहरीहरू बीचमा सहकार्य बृद्दि गर्ने, राष्ट्रहरूबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच आपसी समन्वय तथा सहयोग बढाउने, संयुक्त राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता बृद्दि गरी थप प्रभावकारिता ल्याउने लगायतका बिषयमा विस्तृत छलफल हुने छ ।
साथै भविष्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषय पनि छलफलको एजेन्डा रहेको छ ।
यसैबीच कसशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयुक्त राज्य अमेरीकाको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा हुने दोश्रो युनाइटेड नेशन्स चिफ अफ पुलीस समिटमा सहभागि हुन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।उहाँका साथ सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ समेत त्यसतर्फ जानु भएको छ ।











प्रतिक्रिया