अन्नपूर्ण गाउँपालिकामा कोदो महोत्सव हुने


बिजय नेपाली, पोखरा ।
अन्नपूर्ण गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशको बजेट सार्वजनिक भएसंगै गाउँपालिकाले सोमबार कार्यक्रम सार्वजनिक गरेको हो ।

गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास गर्नको लागि एक घर एक फलफूल, एक बिद्यार्थी एक फलफूल कार्यक्रम अभियान अघि सार्दै गाउँपालिकाको उत्पादन बजारिकरण र पर्यटन प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमै पहिलो पटक कोदो महोत्सव समेत गर्ने भएको छ ।

गाउँपालिकालाई आगामी ४ वर्षमा कोदोमा आत्मनिर्भर बनाउदै कोदो खेतिलाई प्रबद्र्धन गर्न अनुदानको व्यवस्था सहित गाउँपालिकाका सबै होटल तथा रेस्टुरेन्टमा कोदोको परिकार समेत राखिने अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कँुवरले बताउनुभयो ।

उक्त कार्यक्रममा प्रतिवेदन पेश गर्दै कुवरले कृषि, उधोग वाणिज्य, पर्यटन, सामाजिक विकास नीति, शिक्षा स्वास्थ तथा खेलकुद र पुर्वाधार बिकास नीति अघि सार्नुभयो । नीति तथा कार्यक्रममा घोषणा गर्दै उनले प्रत्येक वडामा उत्पादन, उधम र व्यवसाय प्रबर्द्धन कार्यक्रम संचालन गर्दै ऐतिहासिक, धार्मिक एवम् पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि पर्यटकिय गन्तव्यको रुपमा पहिचान गराउने प्रतिवेदनमा उल्लेख छ ।
सोहि क्रममा न्युजअफनेपालसँग बोल्दै पर्यटकिय गाउँपालिका प्रमुख कुँवरले अन्नपूर्ण गाउँपालिकालाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो–“ हामी सङ स्रोत र साधन पर्याप्त छन, पालिकाको बिकास संगै जनताको हरेक चाहाना र आवश्यकता लाई मध्यनजर गर्दै हामिले नीति तथा कार्यक्रम बनाएका छौ, आगामी ४ वर्ष भित्र सम्पुर्ण बिकासका कार्यनीति कार्यान्वयन हुने छ ।“ स्थानिय स्रोत र साधनलाई नै बढी महत्त्व दिई समुन्नत समाज निर्माण गर्न सबैले सहयोग गर्नु पर्ने उहाँको जोड छ ।

चालू आर्थिक वर्ष जेठ मसान्त सम्म विकास योजनाको ७० प्रतिशत प्रगती हासिल गर्दै राजश्व संकलनमा लक्ष्यभन्दा बढी उपलब्धि समेत हासिल गरेको उहाँले बताउनुभयो । नयाँ नीति तथा कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्ष देखि सबै क्षेत्रमा एकीकृत सम्पत्ति कर लागू गरि कृषि क्षेत्रमा उच्च जोडदिदै ठुला आयोजनाहरुको कार्यान्वयन पुर्व सम्भाव्यता अध्ययन एवं वातावरणीय प्रभावको समेत मुल्यांकन गरि कार्यान्वयन गर्ने कुवरल बताउनुभयो ।