२८ एसपीको पदस्थापना, को को परे ? (सूचीसहित)


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले २८ जना एसपीको पदस्थापना भएको जनाएको छ । पछिल्लो पटक बढुवा भएकोहरूको पदस्थाना गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पदस्थापना अनुसार शेखर खनाल ललितपुर परिसर पुगेका छन । त्यस्तै उपत्यकाका डिएसपीहरूको सरूवा पनि भएको छ ।

डिएसपीहरुको सरुवा र पदस्थापन गर्दै उपत्यकाका वृत्तहरुका इन्चार्ज पनि हेरफेर गरेको हो । सरुवाअनुसार महाराजगञ्ज वृत्तमा भेषराज रिजाल र सोह्रखुट्टे वृत्तमा गौतम केसीको सरुवा भएको छ। यसअघि सोह्रखुट्टेमा दीपक पोखरेल तथा महाराजगञ्जमा योगेन्द्रसिंह थापा थिए। त्यस्तै बालाजु तथा चापागाउँ वृत्तका डिएसपी पनि फेरिएका छन्।