विनियोजन विधेयक २०७५ माथिको छलफल


काठमाडौं ।

विषयगत मन्त्रालयका विभागीय मन्त्रीको उपस्थिति भएपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद् बैठक सुचारु भएको छ ।

विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा प्रतिनिधिसभा बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, शहरी विकास मन्त्री मोहमदस्तिका राई र वन तथा वातावरण मन्त्री शक्ति बस्नेत उपस्थिति हुनु हुन्थेन ।

विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षक माथिको छलफलमा भाग लिँदै सांसद तिलबहादुर महत्त, मीना सुब्बा, प्रेमप्रसाद तुलाचन, सुजता परियार, विमला विक, अमरेशकुमार सिंह, सरिता कुमारी गिरी, दिव्यराज भण्डारी, सत्यनारायण शर्मा खनाल, डिला संग्रौला ९पन्त०, लक्ष्मीकुमारी चौधरी, दिलेन्द्रप्रसाद बडूले बोल्नुभएको थियो ।

उहाँहरुले विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विभिन्न समस्याका बारेमा बोल्नुभएको थियो ।

प्रतिनिधिसभाकोे अर्का बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने भएको छ । रासस