महिला स्वास्थ्य समस्या न्युनिकरणका लागि जापानमा बिशेष पहल हुँदै

0
Shares

जापान । एनआरएनए महिला फोरम जापानले जापानमा रहेका नेपाली महिला दिदीबहिनीहरुको बढ्दो स्वास्थ्य समस्या न्युनिकरणमा पहल गर्ने भएको छ ।
जापानमा बढ्दो नेपालीहरुको संख्यासंगै स्वास्थ्य समस्याहरु पनि बढिरहेको छ, त्यसमा पनि महिला दिदीबहिनीहरुको समस्या अझ बिकराल बन्दै गईरहेको अवस्थामा यो कार्यक्रम गर्न लागिएको संयोजक सबिता श्रेष्ठले जानकारी दिनुभयो ।
एनआरएनए महिला फोरम जापानले जापान सरकारको वडाकार्यलयहरुबाट गरिने स्वास्थ्य जाँच र सुबिधा बारे जानकारी तथा परिवार नियोजन र गर्भपतनबारे जापानको नियम कानुन कस्तो छ त ? भन्ने जानकारी गराउने उद्देश्येले एक विशेष कार्यक्रमको आयोजना गर्न लागेको बताईएको छ ।