पेरुलाई १–० ले पछि पार्दै डेनमार्कको अग्रता


नेपाल समाचारपत्र, काठमाडौं ।
विश्व कप फुटबल २०१८ को समूह सी तर्फको दोस्रो खेलमा पेरुलाई १–० गोलले पछि पार्दै डेनमार्कले अग्रता हासिल गरेको छ ।

खेलको ५९ औँ मिनेटमा डेनमार्कका लागि युसुफ पौलसनले पेरु विरुद्ध १ गोल गरे लगत्तै डेनमार्कले अग्रता लिएको हो ।

खेलको सुरुदेखि नै आक्रामक देखिएका पेरु टिमले पटक पटक राम्रो मुभहरु बनाएर गोल गर्ने मौका समेत गुमाउनु पर्याे ।

पहिलो हाफको समात्ति नजिक डेनमार्क विरुद्ध पेनाल्टीको अबसर समेत पाएर पनि पेनाल्टी फितलो प्रहार गरेर गोल गर्ने सुनौलो अबसरलाई पेरुले आजको खेलमा गुमाउनु पर्याे ।