पेरुले पेनाल्टीको सदुपयोग गर्न सकेन


नेपाल समाचारपत्र, काठमाडौं ।
रसियामा जारी विश्व कप फुटबल २०१८ को समूह सी तर्फको दोस्रो खेल पेरु र डेनमार्क विच भैरहेको छ ।

अहिले खेलमा पहिलो हाफ भएको छ । ताजा परिणाम अनुसार दुबै टोली ०–० गोलको बराबरीमा रहेको छ ।

पहिलो हाफको अन्त अन्तमा पेरुले डेनमार्क विरुद्ध पाएको पेनाल्टी समेतलाई सदुपयोग गर्न सकेन ।

पेरुका लागि क्रिष्टियन क्यभाले प्रहार गरेको पेनाल्टी सुट फितलो बनेको हो ।