१–१ गोलको बराबरीमा टुंगियो अर्जेन्टिना र आइसल्याण्ड बिचको खेल


नेपाल समाचारपत्र, काठमाडौं ।
रसियामा जारी विश्व कप फुटबल २०१८ को समूह डीको पहिलो खेल अर्जेन्टिना र आइसल्याण्ड बिच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । यस खेलको नतिजाले दुबै टोलीले १/१ अंक बाँडे ।

खेलको १९ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी सर्जियो अग्युरोले पहिलो गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए भने खेलको २३ औं मिनेटमा आइसल्याण्डका खेलाडी फिन्बोसानले १ गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको हो ।

दोस्रो हाफ पछिको अधिकांश समय बल अर्जेन्टिनाका खेलाडीको खुट्टामा परेपनि नतिजा भने निकाल्न सकेन । खेलको ६३ औँ मिनेटमा पेनाल्टीको अबसरमा समेत गोल गर्न नसकेर चुक्न पुगे अर्जेन्टिनाका खेलाडी लियोनल मेसी ।

दोस्रो हाफपछिको खेलमा आइसल्याण्डले डिफेन्डिङलाई प्रमुखताका साथ ध्यान दिएर खेलेकै कारण अर्जेन्टिनाली खेलाडी जम्न सकेन ।