अर्जेन्टिना र आइसल्याण्ड बिचको पहिलो हाफ १–१ गोलको बराबरीमा


नेपाल समाचारपत्र, काठमाडौं ।
रसियामा जारी विश्व कप फुटबलको समूह डीको पहिलो खेलका लागि भिडिरहेको अर्जेन्टिना र आइसल्याण्ड बिचको पहिलो हाफको खेल १–१ गोलको बराबरीमा रहेको छ ।

खेलको १९ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी सर्जियो अग्युरोले पहिलो गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए भने खेलको २३ औं मिनेटमा आइसल्याण्डका खेलाडी फिन्बोसानले १ गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको हो ।