अष्ट्रेलियामाथि फ्रान्सको अग्रता


काठमाडौँ ।
रसिया विश्वकप फुटबलमा उपाधिको दावेदार मध्येको एक फ्रान्सले शनिबार अष्ट्रेलियाविरुद्धको खेल सुरु भएको छ । खेल काजानस्थित काजान एरिनामा सुरु भएको हो ।

यी दुई टिम अहिलेसम्म ३ पटक आमने–सामने भएका छन् । जसमा दुवै टिमले समान १ जित, हार र बराबरीको नतिजा निकालेको छ । यी दुई टिमबीच पछिल्लोपटक २०१३ मा मैत्रीपूर्ण खेल भएको थियो । जसमा फ्रान्सले ६–० को फराकिलो जित निकालेको थियो । त्यसयता भने यी दुई टिमबीच भेट भएको छैन ।  खेलको ५७ नौँ मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत गोल गरेको हो ।