बिरालोको भविष्यवाणी मिल्यो

0
Shares

मस्को, (एजेन्सी)
२०१० को विश्वकपमा पउल नामक अक्टोपसले गरेको प्रायःजसो भविष्यवाणी मिलेको थियो। यहाँसम्म कि स्पेनले फाइनल जित्ने भविष्यवाणी पनि पउलले गरेको थियो। यस्तै रुसमा जारी विश्वकपमा पनि सेतो बिरालोले भविष्यवाणी गर्ने चर्चा चलेको छ। उसको भविष्य सही हुने दाबी रहेको छ। नभन्दै उद्घाटन खेलमा रुसले जित्ने उसको भविष्यवाणी सही सावित भएको छ।

सबैको आँखा सेन्ट पिटर्सवर्गमा रहेको हर्मिटेज म्युजियममा रहेको एचिलेस नामक बिरालोमा रहेको छ। उसले रुसमै सम्पन्न कन्फेडेरेसन कप–२०१७ मा चार विजेताको भविष्यवाणी गरेकोमा ३ सही भएको थियो। बिहीबार पनि रुस र साउदी अरेबियाबीचको खेलमा बिरालोले सही भविष्यवाणी ग¥यो। ती देशका झण्डा र खानासहितको कचौरा उसको अगाडि राख्दा एचिलेसले रुसको झण्डा रहेको खाना खाएको थियो।