महिला दर्शकको अलग रूप


मस्को, (एजेन्सी)
मस्कोस्थित लुजनीकी रंगशालामा विश्वकप उद्घाटनको दौरान महिला दर्शकको दुई अलग रूप देखिएको छ। आयोजक रुसका महिला दर्शक ग्ल्यामर देखिए भने साउदी अरेबियाका महिला दर्शक बुर्कामा थिए।

उनीहरू आ–आफ्ना टोलीलाई समर्थन गरिहेका थिए। रुसी दीर्घातिरका ज्यादातर महिला ग्ल्यामर्स पोशाक लगाई क्यामेरामा हासिरहेका थिए। जबकि साउदीका महिला समर्थकका अनुहार छोपिएको थियो। केवल आँखा मात्र देखिएको थियो।

अरब राष्ट्रका महिलाका लागि बुर्का अनिवार्य गरिएको छ भने फुटबल या कुनै पनि प्रतियोगिता हेर्न पनि बन्देज लगाइएको थियो।

तर, साउदी सरकारले जनवरीमा आफ्ना महिला नागरिकका लागि रंगशालामा गएर फुटबल हेर्न अनुमति दिएको थियो। उनीहरूले आफ्नो टोली ५–० ले निरीह भएको हेरिरहे भने घरेलु महिला दर्शक हरेक गोलमा रमाइरहेका थिए।