प्लेयर्स टु वाचः लियोनेल मेसी


(अर्जेन्टिना)
पाँच पटकका फिफा प्लेयर अफ दी इयर र बालोन डे ओर अवार्ड विजेता लियोनेल मेसी स्पेनिस क्लब बार्सिलोनाका मुख्य खेलाडी हुन्। ५ फिट ७ इन्च उचाइ भएका ३० वर्षीय मेसी वर्तमान अर्जेन्टिना टिमका मेरुदण्डसमेत हुन्। उनी टिमका प्लेमेकरका रूपमा रहेका छन्। अट्याकिङ मिडफिल्डर र स्ट्राइकरको भूमिकामा उनी पोख्त छन्। सन् २००३ देखि स्पेनिस क्लब बार्सिलोनाको ‘सी’, ‘बी’ श्रेणी हुँदै २००५ मा ‘ए’ टिममा पुगेका हुन् मेसी। बार्सिलोनाको ‘ए’ टिममा १२ वर्ष बिताइसकेका मेसीले सोही क्रममा ४ सय १८ म्याचमा ३ सय ८३ गोल गरेका छन्। मेसीले सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यु गरेका थिए। यस क्रममा उनले राष्ट्रिय टिमका लागि १ सय २४ म्याचमा ६४ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत हुन्।