यस्तो पनि भयो  


– युरोपको समृद्ध राष्ट्रहरू हल्यान्ड, स्पेन, इटाली र स्विडेनले पहिलो विश्वकप एवं उरुग्वेले दोस्रो र तेस्रो विश्वकप बहिष्कार गरेका थिए। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष युरोपका ती चार राष्ट्रले प्रथम विश्वकप आयोजना गर्ने प्रस्ताव राखेका थिए। तर, फिफाले उरुग्वेमा गर्ने निर्णय ग¥यो। फलस्वरूप उरुग्वेमा आयोजित प्रथम विश्वकपलाई ती चारवटै युरोपियन राष्ट्रले बहिष्कार गरे। त्यसै गरी १९३४ र १९३८ को दोस्रो र तेस्रो विश्वकप, जुन इटाली र फ्रान्समा भएको थियो। त्यस विश्कपमा सहभागी नभएर उरुग्वेले पनि बहिष्कारको बदला लिएको थियो।
– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् १९८६ को १३औं विश्वकप कोलम्बियाको राजधानी बोगोटामा गर्ने निर्णय गरे पनि त्यहाँको आर्थिक संकटका कारण राष्ट्रपतिले मेक्सिकोमा आयोजना गर्ने अनुरोध गरेकाले १३औं विश्वकप मेक्सिकोमा सम्पन्न भएको थियो।
– स्पेनमा सन् १९८२ मा आयोजित १२औं विश्वकपका सर्वश्रेष्ठ खेलाडी इटलीका पाउलो रोसीलाई इटलीकै एक कम्पनीले जीवनभरि रक्सीको आपूर्ति गर्ने घोषणा गरेको थियो।