रोनाल्डोको दुई गोलले पोर्चुगलको अग्रता कायमै


नेपाल समाचारपत्र, काठमाडौं ।
पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डोले २ गोल हानेर पोर्चुगल २–१ ले अग्रता लिएको छ ।
खेलको तेस्रो मिनेटमै पाएको पेनाल्टीमा उनैले गोलमा परिणत गरेका थिए भने खेलको २३ औँ मिनेटमा स्पेनका खेलाडी डिएगो कोष्टाले गोल फर्काएर खेल बराबरीमा ल्याए ।
पोर्चुगलका क्याप्टेन रोनाल्डोले ४३ औँ मिनेटमा फेरी अर्काे गोल थप्दै आफ्नो टिमलाई २–१ अन्तरले अग्रतामा राख्न सफल भएका छन् । यो पहिलो हाफपछिको खेललाई अझ बढि चाखका साथ हेरिएको छ ।