खेल सुरु भएको तेस्रो मिनेटमै पोर्चुगलले लिए अग्रता


नेपाल समाचारपत्र, काठमाडौं ।
विश्व कप फुटबलको समूह बी तर्फको दोस्रो खेलको सुरुवातीमै पोर्चुगलले अग्रता लिएको छ ।

खेलको तेस्रो मिनेटमै पेनाल्टीको अबसरलाई सदुपयोग गर्दै गोलमा परिणत भएसँगै पोर्चुगलले यो खेलमा अग्रता लिएको हो ।

स्पेनका खेलाडी फर्डिनान्डेजले डिबक्स भित्र फल गरेपछि पोर्चुगलले पेनाल्टीको अबसर पाएको हो ।

पेनाल्टीलाई सदुपयोग गर्दै पोर्चुगल टिमका क्याप्टेन समेत रहेका क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गरेका हुन् । यस खेल रोमाञ्चित हुने आँकलन गरिएको छ ।