समूह बी तर्फको पहिलो खेलमा इरान विजयी


नेपाल समाचारपत्र, काठमाडौं ।
विश्व कप फुटबल प्रतियोगिता २०१८ को समूह बी तर्फको पहिलो खेलमा इरान विजयी बनेको छ ।

खेलको अन्तिममा थप गरिएको अतिरिक्त समयमा मोरक्कोका खेलाडी अजिज बोहादुजको आत्माघाती गोलसँगै इरानले विश्वकप फुटबलमा विजयी हात पारेको हो।

पहिलो हाफमा दुबै टोली गोलरहित बराबरीमा पुगेको थियो । तर दोस्रो हाफमा भने दुबै टिम आक्रामक भएर थुप्रै मौका गुमाउनु पर्याे ।