३ लाख घुस सहित कपिलबस्तुमा कार्यरत सहायक वन अधिकृत पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
सेक्टर बन कार्यालय, चन्द्रौटा कपिलबस्तुमा कार्यरत सहायक वन अधिकृत ब्रह्मदेव महतो ३ लाख घुस रकम लिईसकेको अबस्थामा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई शिवराज न.पा. ५ स्थित निजको घरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको आयोगको कार्यालय बुटवलले जनाएको छ । त्यस्तै वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालय ताहाचलमा कार्यरत सवारी चालक दामोदर रेग्मी ६ हजार घुस रकम सहित पक्राउ परेका छन् ।

उनले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंङ्गालबाट खटिइ गएको टोलीले निजलाई पक्राउ गरेको हो ।