वैदेशिक रोजगार विभागका अधिकृत घुस सहित रंगेहात पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगरका एक शाखा अधिकृतलाई ५० हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगको टोलीले विहिबार विभागको शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो ।

आयोगले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।  त्यस्तै गरी, जिल्ला वन कार्यालय ,रुकुम (पश्चिम) का सहायक वन अधिकृत रोहीत कुमार शाह र ग्रामीण वित्त सहायक सन्दीप अधिकारी २३ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।

अभियुक्तहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले घुस लिईरहेको अबस्थामा रंगेहात पक्राउ गरेको हो ।

अभियुक्तहरुले कबुलियति वनको काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको थियो । घुस रकम माग गरिरहेको सूचनाका आधारमा अभियुक्तहरुलाई रंगेहात पक्राउ गरि अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।