तीन महिना सडक खन्न नपाइने


नेपाल समाचारपत्र, काठमाडौं ।
वर्षातका समय तीन महिनासम्म सडक खन्न नपाईने सरकारले घोषणा गरेको छ । यो भोलि शुक्रबारदेखि लागु हुने सूचना निकाल्दै मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले निर्देशन दिएको हो ।

यो घोषणा सँगै अब धारा, ढल, बिजुली, टेलिफोन लगायतका कुनै पनि प्रयोजनको लागि सडक खन्न पाईने छैन । सडक खन्दा तत्कालै मर्मत गरी पहिलेकै अवस्थामा ल्याउन नसकिने भएकाले सडक खन्न नदिने निर्देशनालयले जनाएको छ ।

निर्देशनाले असार १ गते देखि भदौ ३१ गतेसम्मको अवधिमा सडक खन्न स्वीकृति नदिने जनाएको हो । प्रकाशित सूचनाले गर्दा निर्देशनालय अन्तर्गतका कुनै पनि साना ठूला भित्रि बाहिरि सडक खन्नलाई प्रतिबन्ध लागेको छ ।

कसैले जवर्जस्ती सडक खनेको पाइएमा सडक ऐन २०३१ अनुसार कडाभन्दा कडा कार्वाही गरिने निर्देशनालयले जनाएको छ।