क्रिकेटर विराट कोहलीले दारीको बिमा गराए


एजेन्सी । भारतीय क्रिकेट टिमका कुनै एक समय थियो जब कपिल देव र सुनील गावस्कर जस्ता दिग्गज कप्तानले विरोधी टिम र आफ्नो खेलमा मात्र ध्यान दिन्थे ।

त्यसपछि सौरव गांगुली जस्ता कप्तान आए जसले भारतीय खेलाडीलाई विरोधी टिमसँग आँखामा आँखा जुधाएर खेल्न प्रेरित गराए ।

यसपछि धोनीको समय आयो । उनले आफ्नो खेलसँगै खेल्ने तरिकामा पनि परिवर्तन ल्याए । आफ्नै स्टाइलमा खेल्दै अलग पहिचान बनाए ।

समय धेरै अगाडि बढिसकेको छ । अहिले भारतीय टिमको नेतृत्व सबैभन्दा स्टाइलिस खेलाडी विराट कोहलीले गरिरहेका छन् ।

विराट आफ्नो ट्याटुदेखि लिएर स्टाइलिसमा सुपर कुल देखिएका छन् । विराट कोहलीले आफ्नो स्टाइलमै विरोधी टीमलाई हराउँदै आएका छन् ।

कोहली आज लाखौं–करोडौं क्रिकेट फ्यानका स्टाइल आइकनसमेत बनेका छन् । उनले लगाउने कपडादेखि बोल्ने तरिकासम्म फ्यानले फलो गर्ने गरेका छन्। तर उनको सबैभन्दा खास स्टाइल दारी हो।

कप्तान कोहली आफ्नो दारीमा सुपरकुल देखिन्छन् । विराटले जति माया आफ्नो खेललाई गर्छन् त्यतिनै दारीलाई गर्ने गरेका छन् ।

आइपिएल २०१८ मा सहकर्मी रविन्द्र जडेजाले कोहलीलाई दारी काट्ने सल्लाहलाई उनले सहजै अस्वीकार गरेका थिए ।

यसैबीच हालै भारतीय मिडियाले सार्वजनिक गरेको एउटा समाचार अनुसार विराट कोहलीले आफ्नो दारीको पनि बिमा गरेका छन् ।

टेस्ट ओपनर केएल राहुलले आफ्नो सोशल मिडियामा एउटा भिडियो अपलोड गर्दै विराटले दारीको बिमा गराएको बताएका छन् ।

राहुलले भिडियोमा विराटले आफ्नो दारीको बिमा गरेको दाबी गरेका छन् । तर यो कतिको साँचो हो हेर्न बाँकी छ।