नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा कुनै गाम्भीर्यता देखिएन। सरकारले आर्थिक वर्ष ०७४÷७५ मा १३ खर्ब १५ अर्ब रूपियाँको बजेट सार्वजनिक गरेपछि विभिन्न क्षेत्रमा अहिले चर्चा परिचर्चा भइरहेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको बजेटमा विगतका अर्थमन्त्रीले प्रस्तुत गरे जसरी नै आगामी ५ वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने महङ्खवाकांक्षा राखे।
सरकारले कृषि क्षेत्रलाई गरिबी निवारणसँगै बेरोजगारीको अन्त्य तथा खाद्य सुरक्षाका आधारमा विकास गर्ने लक्ष्य लिएर पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ। बजेटमा उल्लेख गरिएका कार्यक्रम र योजना हेर्दा अस्वाभाविकजस्ता लाग्दैनन्। तर कृषिमा जुन लक्ष्य लिइएको छ, त्यसको कार्यान्वयन भने चुनौतीपूर्ण देखिन्छ। बजेटमा जनआकांक्षा सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ। तर कतिपय क्षेत्रमा अलि बढी नै महङ्खवाकांक्षा राखिएको देखिन्छ।
५ वर्षमा कृषि उत्पादन दोब्बर बनाउने, २ वर्षभित्र पर्यटकको संख्या दोब्बर बढाएर २० लाख पु¥याउने, ५ लाख युवालाई स्वदेशमै रोजगारी दिइने, विभिन्न क्षेत्रमा अनुदान बढाउने तथा रेलमार्गजस्ता योजना राजनीतिक उद्देश्यबाट प्रेरित भएको देखिन्छ। किनभने त्यस्ता महङ्खवाकांक्षी योजना कसरी सम्पन्न गर्ने भन्ने विषयमा पुष्टि गर्ने पर्याप्त आधार देखिँदैन। बजेटका कार्यक्रम उत्पादनमूलक बन्न सक्नेमा शंका रहेको छ। गतवर्षको जसरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई विस्तार गर्न ४ अर्ब ७७ करोड रकम विनियोजन गरिएको छ।
जनता खाद्यान्नमै परनिर्भर बन्नु परिरहेको सन्दर्भमा चिया, कफी, अलैँची, सुपारी, आलु, केरालगायतका उन्नत बीउ र बिरूवामा अनुदान दिने भनिएको छ। उत्पादन जोखिम सम्बोधन गर्न अघिल्लो वर्षकै कार्यक्रमलाई निरन्तरता दिँदै कृषि बिमा विस्तार गर्ने बजेट सार्वजनिक भएको छ। कृषि, पशुपंक्षी तथा मत्स्यपालनको बिमामा लाग्ने शुल्कमा सरकारले ७५ प्रतिशत अनुदान दिँदै आए पनि व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदानको कार्यविधि परिमार्जन गरिने र सबै किसिमका कर्जामा दिइने ब्याज अनुदानका लागि ५ अर्ब रूपियाँ विनियोजन गरिएको छ। सरसर्ती हेर्दा बजेटले नयाँ कुनै उत्साहको कार्यक्रम ल्याएको पाईंदैन।
सुदन कार्की, काठमाडौं
कुलत छोडाउन विशेष कार्यक्रम आवश्यक
धूमपान र सुर्ती सेवन स्वास्थ्यका लागि घातक छ। यसले विभिन्न किसिमका स्वास्थ्य समस्या सिर्जना गर्छ। धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सरकारले सार्वजनिकस्थलमा धूमपान गर्न रोक लगाउनुका साथै कडा कानुन बनेको छ। तर यसको सफल कार्यान्वयन भने अझैसम्म हुन सकेको छैन। सरकारले सार्वजनिक स्थानमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई १ सय रूपियाँदेखि ५ हजार रूपियाँसम्म जरिवाना तोकेको भए पनि हालसम्म १ जना पनि कारबाहीको दायरामा आएको सुनिएको छैन। सार्वजनिकस्थलमा धूमपान गर्ने प्रवृत्तिमा भने केही सुधार भएको पाइन्छ। नेपालमा धूमपानविरुद्ध जेजस्ता अभियान चलाइए पनि धूमपान गर्ने मानिसको संख्यामा भने झनै वृद्धि हुँदै गएको छ।
धूमपानले बिस्तारै ज्यान लिन्छ भन्ने वास्तविकता बोध हुँदाहुँदै पनि कतिपय मानिसले यसैलाई ‘मृत्युमार्ग’ बनाइरहेको पाइन्छ। स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको १८.५ प्रतिशत जनसंख्याले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्छन्। हरेक १० मध्ये ४ व्यक्ति यस कुलतमा फसेका छन्। युवा पुस्ताले देखासिकी र फेसनका रूपमा धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ। बिस्तारै लतका रूपमा फस्न पुग्छन्। फलस्वरूप कलिलै उमेरमा मुटु रोगको शिकार बन्न पुग्छन्। धूमपानकै कारण मुटुरोगी युवाको संख्या दिनहुँ बढ्दै गएको मुटुरोग विशेषज्ञले जनाएका छन्। स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार नेपालमा धूमपानका कारण प्रत्येक २ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट मात्रै वर्षेनी ३० हजारको हाराहारीमा ज्यान जाने गरेको छ। धूमपानले विशेषगरी ह्दयाघात निम्त्याउने गर्दछ। जसको लक्षण अन्तिम अवस्थामा मात्रै देखापर्छ। त्यसैले ह्दयाघातका कारण अकाल मृत्युबाट बच्न धूमपान त्याग्नुको विकल्प छैन।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनी ८३ लाख मानिसले धूमपानकै कारण ज्यान गुमाउने गर्छन्। केही वर्ष पहिले ४० वर्षदेखि ६० वर्ष उमेर समूहमा ह्दयाघात हुने गरे पनि पछिल्लो समय २५ वर्षका युवामा समेत ह्दयाघात देखिनु धूमपानकै असर भएको विज्ञले औँल्याएका छन्। विद्यालय तहदेखि नै हुने धूमपान र मद्यपानका कारण ह्दयाघातमा वृद्धि भइरहेको छ। धूमपानकै कारण उच्च रक्तचाप, कोलस्ट्रोल, मृर्गौला फेल, विभिन्न अंगको क्यान्सर, मधुमेह, मानसिक रोग, महिलाको प्रजनन शक्तिमा ह्रास, अपांग, टीबी, दमजस्ता समस्या निम्त्याउने गरेको पाइन्छ। धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा मस्तिष्कघातको सम्भावना पनि ४ गुणासम्म बढी हुने चिकित्सकको भनाइ छ। सूर्तीजन्य पदार्थमा ४ हजार प्रकारका केमिकलमध्ये ३ वटा तङ्खवले ७० प्रतिशत फोक्सोको क्यान्सर निम्त्याउँछ। विश्वमा प्रत्येक ६ मृत्युमध्ये १ क्यान्सरको कारण हुने गरेको छ। नेपालमा कुल मुटुरोगीमध्ये ९० प्रतिशतले धूमपान गरेको पाइएको छ।
समीर मल्ल, पोखरा
गर्मीबाट बचौं
गर्मी विगतका वर्षमा भन्दा धेरै नै बढिरहेको छ। अझै तराई क्षेत्रका बासिन्दा रातदिन छट्पटाइरहेका छन्। अझ दिउँसोको समयमा त घरबाहिर निस्कन नसक्ने भएका छन्। छिमेकी राष्ट्रतिर उच्च गर्मीले कैयौँको ज्यान लिइसकेको समाचार सुन्दा र आफैंले पनि गर्मीको महसुस गर्दा हामी आत्तिएको अवस्था हो। गर्मी हामी मानवजातिको गलत क्रियाकलापका कारण विस्तारै प्रत्येक वर्ष बढ्दै गएको छ। गर्मी समयमा अपनाउनुपर्ने सामान्य सावधानी नअपनाउँदा धेरैभन्दा धेरै स्वास्थ्य समस्या आउने गरेका छन्। जसका कारण धेरै मानिसको मृत्युसमेत हुने गरेको छ। जताततै वृक्षारोपण भए हरियाली र वर्षा भई गर्मी स्वतः कम हुँदै जान्छ।
धेरैजसो रोग वा स्वास्थ्य समस्या गर्मीकै सिजनमा अत्याधिक हुने गर्छन्। मानिसलाई रिंगटा, वाकवाकी लाग्ने, टाउको दुख्ने, शरीरमा उच्च ज्वरो हुने, वान्ता हुने र बेहोस हुनेजस्ता समस्या देखिन्छन्। समयमै स्वास्थ्य संस्थामा गई उपचार नगराउने र खानपानमा ध्यान नदिने हो भने मृत्युसमेत हुन सक्छ। गर्मीका कारण छालाका विभिन्न समस्या, घमौराजस्ता विभिन्न किसिमका छालाका संक्रमण इत्यादि हुन सक्छन्। गर्मीका कारण जन्डिस, पेट दुख्ने, झाडापखाला, हैजा, रगतमासी, फुड पोइजन, टाइफाइडजस्ता रोगका साथसाथै पर्याप्त मात्रामा पेयपदार्थ पिउन नसक्दा डिहाइड्रेसन र मृगौलामा समेत समस्या देखिन्छ। गर्मीको समयमा सावधानी नअपनाउँदा सर्पले डसेर धेरैको ज्यानसमेत जाने गरेको छ।
उच्च गर्मी वा यसका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि अपनाउनुपर्ने मुख्य कुरा प्रशस्त मात्रामा पानी पिउनु हो। त्यसैगरी सफा, स्वच्छ र ताजा खानेकुरा खाने, गर्मीको समयमा घरबाहिर ननिस्कने, निस्कनै परे शितल कपडा, छाता र चप्पल प्रयोग गरेर मात्र निस्कने गर्नुपर्छ। कडा गर्मीबाट बच्नका लागि विशेषगरी सेना, प्रहरी, खेलाडी आदिले गर्ने कडा परिश्रम, तालिम गर्मी अवधिभर नगराउँदा वा कम गराउँदा राम्रो हुन्छ। शैक्षिक संस्थाका गाडी हुन् या सार्वजनिक सवारी साधन, सिट क्षमताभन्दा धेरै यात्रु नराख्ने गर्नु जरुरी छ।
दीपक काफ्ले, खोटाङ
प्रतिक्रिया