नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौंको शंखमुलस्थित यूएन पार्क गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो ।
तर, प्रहरी टोलीमाथिनै गुन्डाहरु खनिएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।











प्रतिक्रिया