१ सय १७ केजी गाँजासहित २ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, हेटौँडा ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रनि वीरेन्द्र पनेरुको कमाण्डमा खटिएको प्रहरीले ठूलो परिमाणमा अवैध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला मकवानपुर राक्सिराङ–६ स्थित लोथर खोलामा खरिद बिक्री गरिरहेको अवस्थामा १ सय १७ केजी गाँजासहित भरियाहरु मकवानपुर कैलाश गापा–७ बस्ने वर्ष ३९ का मानबहादुर मोक्तान र चितवनको राप्ति नपा–१२ बस्ने वर्ष ४० का वीरबहादुर मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।