सञ्जय कार्की, रौतहट । अपहरण पछि रौतहटमा एक बालकको हत्या भएको छ । गएको शनीबार आफनै कटहरिया नगरपालिका–९ डुमरिया टोल स्थित आफनै घर बाट अपहरणमा परेका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन ।
अपहरण र हत्या गरेको आरोपमा प्रहरीले पाँच जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरीया–९ डुमरियाका– १९ वर्षीया शक्तिराय यादव, २० वर्षीया प्रविण राय यादव, २० वर्षीया सुनिल कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीया विनोद कुमार पटेल, र २० वर्षीया रवी कुमार पटेल पक्राउ परेका छन ।
उनीहरुले बालक लाई घर भन्दा १५ किलोमिटर टाढा गढिमाई नगरपालिका स्थित बाग्मती नदि किनारमा पुरयाई हत्या गरेको खुल्न आएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाको नेतृत्वको प्रहरी टोलीले अपहरण र हत्या गरेको आरोपमा ती पाँचै जना लाई पक्राउ गरेको हो ।
फिरौती रकम पाउने आशमा बालकको अपहरण गरेका उनीहरुले बालक लाई धेरैदिन आफनो नियन्त्रणमा राख्न नसकेपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । बालक अपहरणमा परेको सुचना पाएदेखिनै प्रहरीले खोजी कार्य तिब्र पारेको थियो ।











प्रतिक्रिया