पीएमको प्रभाव

0
Shares

फेरि प्रसंग पीएम ओलीको। जति चर्चा गरे पनि उनी बारेको प्रसंग कमै हुन्छ। ठूलै चर्चा बटुल्दै उनी सिंहदरबार र बालुवाटार छिरे, तर त्योअनुसारको नतिजा आम नेपालीले महशुस गर्न सक्या छैनन्। सरकारले कहीं न कहीं त राम्रै काम ग¥या छ कि भनेर धरहराले चारैतर्फ दुरविन तेस्र्यायो तर कहींकतै फेला पार्न सकेन।

नेता मात्रै होइन नेकपाका कार्यकर्ता पनि निकै असन्तुष्ट हुन थाल्या पो देखिन्छ त। कार्यकर्ता भन्छन््– ‘उनी प्रधानमन्त्री भएसी के–के न होला भन्या त हात्ती आयो, हात्ती आयो फुस्सा।’ आफ्नै कार्यकता किन यति साह्रो असन्तुष्ट भनेर धरहराले चासो दिएको त चामल, दाल, तेल र अन्य चिजबिजको बजार भाउ ≈वात्तै बढ्यो रे।

ओली पीएम भएसी पेट्रोल, डिजेलको भाउ कति पटक बढ्यो भन्ने बारेमा सरकार जानकार भए पनि स्वयं नेकपाका वरिष्ठहरू नै पो अनविज्ञ छन् भन्दा फरक पर्दैन। इन्धनको मुल्य बढ्दा तत्कालै सडकमा उत्रिनेहरू केही माननीय भएपछि अन्य चुइँक्क बोल्दैनन्। विरोध गर्ने भन्दै कहिलेकाहीं औंसी पूर्णिमाको साइत गरेर भए पनि कांग्रेसको भ्रातृसंगठन सडकमा उत्रिया सुनिन्छ।

घरमै भए पनि सरकारको आलोचना गर्ने नेकपा समर्थक गृहणी धेरै छन्। श्रीमान् एक कानले सुन्छन्, अर्कोले उडाउँछन्। श्रीमान्हरूलाई छुट्टै टेन्सन छ सोमरस र चुरोटको दाम बढेकोमा। त्यही टेन्सन भुल्न भन्दै हरेक साँझ सोमरस सुटुक्क पार्नेहरूको जमात पनि ठूलै छ।