एजेन्सी
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सिंगापुर पुगेका छन् । राष्ट्रको सर्वोच्च नेताको हैसियतमा सिंगापुर पुगेका उनी यसअघि अपनाउँदै आएको मार्गभन्दा फरक तरिकाले सिंगापुर पुगेका छन्।उनले सिंगापुरको विदेश भ्रमणमा एयर चाइनाको विशेष विमान प्रयोग गरेका छन्।
योसहित उनको भ्रमणमा एक होइन तीन–तीन वटा विमान प्रयोग भएका छन्। यसअघि उनी चीन भ्रमण गर्दा बुलेट फ्रुफ परम्परागत रेलमार्फत् आउजाउ गर्थे। तर चारैतिर समुन्द्रले घेरिएको एउटा टापु मुलुक पुग्न रेलबाट सम्भव थिएन। त्यही भएर आइतबार बिहान उनी विमानबाट सिंगापुर अवतरण भएका छन्।
सन् २०११ मा देशको सर्वोच्च नेताको पदमा आसिन भए लगत्तै उनले हवाई मार्गबाट चीनको भ्रमण गरेका थिए। चीन बाहेक यो उनको पहिलो विदेश भ्रमण हो। त्यस यता हवाई मार्गबाट भएको पहिलो विदेश यात्रा पनि हो।
दुई विमान सिंगापुर अवतरण
किम योयोसन–६२एम जेटबाट सिंगापुर अवतरण गरेका छन्। उनको भ्रमण टोलीमा थप एउटा कार्गो विमान पनि सिंगापुर अवतरण गरेको छ।
उत्तर कोरियाको राष्ट्रिय ध्वजाबहाक एयर कोरियोसँग सोभियत संघ कालमा बनेका केही विमानहरु छन्। सन् १९६० को दशकमा सोभियत संघले यो विमान पहिलो पटक उत्पादन सुरु गरेको थियो। त्यतिबेला यो विमानलाई विश्वकै ठूलो मानिन्थ्यो।
किमले व्यक्तिगत रुपमा प्रयोग गर्ने योयोसन–६२ सन् १९९० मध्यतिर बनेको विमान हो। ५० मिटर लम्बाई भएको यो विमानले २०० जना यात्रु बोक्ने क्षमता राख्छ। तर यो विमानको कलपुर्जा र प्राविधिक सहयोग विश्वका केही मुलुकमा मात्र उपलब्ध छ। त्यही भएर उनी सिंगापुर आउँदा अर्को विमान छानेको हुनसक्ने देखिन्छ।











प्रतिक्रिया