अज्ञात समूहले सरकारी गाडीमा आगो लगायो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊमै अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगो लागिरहेको देखिएको हो ।

काठमाडौं महानगरिय प्रहरी परिसरका अनुसार बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् ।आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।