नेपाल समाचारपत्र, काठमाडौं ।
आर्थिक वर्ष २०७५ ७६ को बजेटमा आइतबारबाट मन्त्रालयगत शीर्षकमा छलफल हुँदैछ । त्यसका लागि बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक बोलाइए पनि अझै सुरु हुन सकेको छैन ।
आइतबार पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय गरी चार वटा मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयगत शीर्षकमा छलफल हुने बताइएको छ । यो छलफल असार १ गते सक्ने लक्ष्य राखिएको छ र त्यसपछि तिन दिन विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ । जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारी रहेको छ ।
मन्त्रालयको विषयमा खर्च कटौतिको प्रस्ताव पेस हुँदै
यसैगरी आज ६ जना सांसदले ४ वटा मन्त्रालयको विषयमा खर्च कटौतिको प्रस्ताव पेस गर्दै छन् । ४ वटा मन्त्रालय अन्तर्गत कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कांग्रेस सांसद अतहर कमल मुसलमानले खर्च कटौतिको प्रस्ताव पेस गर्दै छन् ।
साथै राजमोकि दुर्गा पौडेल र कांग्रेसका भरत कुमार शाहले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रस्ताव पेस गर्दै छन् । यसैगरी कांग्रेस सांसद दिलेनद्र प्रसाद बढु एवंम् नेमकिपा प्रेम सुवालले सन्चार तथा सूचना प्रविधि मन्त्रालयको र्खच कटौतीको प्रस्ताव पेस गर्दै छन् । साथसाथै कांग्रेस सांसद पार्वती डिसी चौधरीले गर्दै छिन् ।











प्रतिक्रिया