भिलेन जर्सी !

0
Shares

वल्र्ड कप फुटबल शुरुआत हुन अब केवल चार दिन बाँकी छ। यो महाकुम्भ जति नजिकिँदै गएको छ त्यति नै फुटबल चहल–पहल व्यापक भएको छ। वल्र्ड कपका लागि छनोट भएका मुलुकमा चहल–पहल बाक्लिनु स्वभाविकै हो, अन्य टाढाका मुलुकमा समेत वल्र्ड कप ‘फिभर’ व्यापक बनेको छ।

काठमाडौंसहितका मुख्य सहरी क्षेत्र जर्सीमय बन्दै गएका छन्। श्रीमान् एक राष्ट्रको फ्यान, श्रीमती अर्कै, छोरा–छोरीको रोजाइ पनि आ–आफ्नै। कतिपय घरमा त २÷३ साता अघिदेखि नै पानी बाराबारको स्थिति छ भन्ने सुनिन्छ। ब्राजिलकी फ्यान श्रीमतीले झुक्किएर तरकारीमा बाक्लो बेसार हालिन् भने पनि श्रीमान्हरू कर्के नजर र ठूलै आवाजका साथ छेडाछाड गर्न पछि पर्दैनन् रे।

विदाको दिनमा बाउले कपडा धुँदा धेरैका घरमा छोराछोरीले राम्रै झगडा ग¥या पनि सुनियो। किन रैछ भनेर धरहराले चासो दिएको त, बाउले कपडा धुन भाँती नपु¥याउँदा अर्को कपडाको रङ सरेर जर्मन समर्थक छोराको टि–सर्ट स्पेनको झैं रातो भएछ। अनि भएन त वित्यास। फुटबल शुरु नहुँदै त यस्तो स्थिति छ भने एक महिनाको महाकुम्भमा घर–घरको कहानी झन् के होला ?
श्रीमान्–श्रीमती र छोरा–छोरी त २÷४ ठाकठुक गर्लान्, घरमा भन्या बेला खाना–नपाक्ला। तर धेरैका गर्लफ्रेन्ड र व्वाइफ्रेन्डको डिभोर्स यही वल्र्ड कपले गराउने निश्चित छ। त्यसो त
मौसम र मायाको भर हुन्न भन्छन् क्यारे!