गीतमा इन्ट्री मार्यो मायाले

0
Shares

लोकगायिका तथा सञ्चारकर्मी अनिता चलाउने आफ्नो नयाँ गीत इन्ट्री मार्यो मायाले बोलको डान्सिङ म्युजिक भिडियोका साथ दर्शकसामु आएकी छिन्। गायक रामजी खाँणसँग गाएको उक्त गीतमा संगीत खाँणकै रहेको छ भने शब्द घनश्याम रिजाल र थेगो ज्ञानेन्द्र केसीको रहेको छ।

भर्खरै प्रेममा पर्न लागेको नवजोडीको प्रसंग रहेको गीतको म्युजिक भिडियोमा गायक रामजीका साथ मोडल रुविना अधिकारीलाई फिचरिङ गरिएको छ। मौसम हिमालीको निर्देशन र दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन र कृष्ण विकेले एरेन्ज गरेका हुन्। यसको भिडियोमा रामजी खाँण र रुविना अधिकारीले डान्स गरेका छन्।