फिफा विश्वकपलाई मध्यनजर गर्दै २० लाख भुस्याहा कुकुर मारियो


मस्को, (एजेन्सी)
फिफा विश्वकप २०१८ शुरू हुन एक हप्ता मात्रै बचेकोे छ। प्रतियोगिता शुरू हुन अगाडि नै केही विवाद र चर्चाहरु पनि चल्न थालेका छन्। रुसलाई सन् २०१० मा विश्वकपको आयोजक दिने घोषणा गरिएको थियो।

यसपछि फुटबल विश्वकपलाई लिएर विवाद बनिरहेको छ। विवाद पनि यस्तो जुन पहिलाका आयोजक राष्ट्रसँग कहिलै भएको थिएन। यसमा कुकुरलाई मार्नेलाई लिएर रुसको तुलना नाजी हिटलरसम्म तुलना गर्ने सामेल छन्।

यसमध्ये ठूलो विवाद चाहिँ अत्याधिक संख्यामा भुस्याहा कुकुर मार्ने निर्देशन दिनु हो। विश्वकप अगाडि खेल हुने ११ सहरका २० लाख भुस्याहा कुकुर मार्नका लागि मात्रै रुसी सरकारले करिब १९.५ लाख डलर (नेपाली रकम करिब २० करोड ८० लाख) को अनुबन्ध दियो। कुकुर र बिरालोलाई मार्ने टोलीको नाम केजीबी राखेको थियो। यसअघि रुसमै भएको सोची हिउँदे ओलम्पिक अगाडि पनि हजारौं भुस्याहा कुकुर मारिएको थियो। यसमा विवाद यति उठ्यो कि रुसका उप प्रधानमन्त्री विटाली मुटलाई दखल दिनुप¥यो। उनले यसबारे पशु अधिकारका लागि काम गर्ने संगठनहरुसँग बैठक गरेका थिए। पशुहरुलाई मार्नेभन्दा पनि उचित सुरक्षित गरेर शेल्टरमा राखिने उनले आश्वासन दिएका थिए। जबकि संगठनहरुको आरोप छ कि उप प्रधानमन्त्रीको आश्वासन बावजुद पशुहरुको हत्या रोकेको छैन।