अम्बर गुरुङ स्मृतिग्रन्थमा


नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले अम्बर गुरुङ स्मृतिग्रन्थ प्रकाशन गरेको छ।

प्रतिष्ठानका प्रथम कुलपति, राष्ट्रिय गानका संगीतकार तथा संगीत साधक स्व. अम्बर गुरुङको दोस्रो वर्षको पुण्यतिथिको दिन पारेर यो स्मृतिग्रन्थ सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ।

स्मृतिग्रन्थमा गुरुङका कृतित्व र व्यक्तित्वबारे ५ दर्जनभन्दा व्यक्तित्वका लेख, रचना, संस्मरण तथा समालोचना समावेश छन्। ग्रन्थमा गुरुङका हालसम्मका प्रकाशित, अप्रकाशित प्रतिनिधिमूलक लेख रचना र तस्वीर समावेश गरिएको छ।