ट्रेलरमा पागल मन

0
Shares

आगामी असार २९ गते रिलिजमा आउने तयारीमा रहेको फिल्म यो पागल मनको ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा अयोजित एक कार्यक्रमका बीच यसको ट्रेलर सार्वजनिक गरिएको हो।

कल्याण अधिकारीद्वारा निर्देशित तथा उनका साथमा विरेन्द्रकुमार यादवद्वारा निर्मित फिल्म प्रेमकथामा आधारित छ। विनोद न्यौपाने, ऋचासिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारले अभिनय गरेको फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा र संवाद, अर्जुन पोखरेलको संगीत, कमल राईको नृत्य निर्देशन, राजु किरांतको द्वन्द्व निर्देशन, शम्भु सापकोटाको छायांकन र अनिल गौतमको सम्पादन रहेको छ।