अफगान राष्ट्रपतिद्वारा इद अल फित्रमा युद्धविराम घोषणा

0
Shares

काबुल,  अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बिहीबार अस्थायी युद्धविरामको घोषणा गर्नु भएको समाचार छ ।

उहाँले इद अल फित्र पर्वलाई ध्यानमा राखेर अफगानिस्तानभर नै अफगान सेनाले तालिबान विरुद्धको आक्रामक कारबाही रोकिएको घोषणा बिहीबार गर्नुभएको हो ।

रमादानको यस पर्वको क्रममा राष्ट्रपतिले घोषणा गर्नुभएको यस युद्धविराममा अफगानिस्तानको सरकारसँग युद्धरत तालिबान आतङ्ककारीहरुबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रपतिले औपचारिक रुपमा गर्नुभएको ट्वीटकाअनुसार रमादान पर्व सोमबार अर्थात ११ जुनबाट सुरुहुने र जुन १५ मा समाप्त हुने भएकोले सो समयलाई मध्यनजर गरेर युद्धविरामको घोषणा गरिएको छ ।

रमादानको पाँचौँ दिनमा इद अल फित्र मनाइने चलन रहेको छ । तालिबान आतङ्ककारी समूहले अफगानिस्तानका सुरक्षा अधिकारी तथा सर्वसाधारणमाथि समेत आक्रमण गर्दै आएको पाइन्छ ।
रासस/एएफपी