ललित सिंह, बझाङ्ग ।
बझाङमा बुधबार भएको जीप दुर्घटनामा परि मृत्युको संख्या तिन पुगेको छ । छविसपाथीेभरा गााउँपालिका ४ डाँडाँगाँउका ४५ बर्षिया विरेन्द्र बहादुर सिहँ र उहाँकी श्रीमती ३८ बर्षिया जला दवि सिहँ को घटना स्थलमा नै मृत्यु भएको थियो ।
उपचारका लागी जिल्ला अस्पताल ल्यादै गर्दा जीप चालक केदार स्युँ गाँउपालिका १ का ३५ बर्षिया लाल बहादुर भण्डारीको राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै २ को अवस्था चिन्ताजनक रहेको छ । जसमा छविसपाथिभरा गाँउपालिका ५ का ४५ बर्षिया सोभान धामी र ३ का ३१ बर्षिया गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको । उनीहरुको थप उपचारका लागी नेपालगंज कोहलपुर अस्पातलमा रिफर गरीएको जनाईएको छ ।
यस्तै अन्य घाईते मृतक विरेन्द्र सिहँका २ बर्षिया छोरा भुपेन्द्र सिहँ, छविसपाथीभेरा ३ की २७ बर्षिया पशुपती नेपाली र गणेश नेपालीकी ७ महीनाकी छोेरी मुस्कान नेपालीको उपचार जिल्ला अस्पतालमा भई रहेको प्रहरीले जनाएको छ ।
बुधबार बेलुका भाँडे बजार बाट ब्यासी तर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप छविस पाथीभेरा गाँउपालिका ४ को भेटाखानमा दुर्घटना भएको थियोे ।
दुर्घटना के कती कारणले भएको खुल्न सकेको छैन । जीप चालकको समेत मृत्यु भै सकेको र अन्य प्रत्यक्ष दर्सिहरु संग अहिले सोधपुछ गर्ने बातावराण् नभएका कारण अनुसन्धनमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया