भिडियोमा बिछोडको पीडा

0
Shares

गीतकार, पत्रकार एवं कवि शान्तिप्रियले जन्मदिनको अवसर पारेर हालै अधर नामक एल्बममा संगृहित गीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मेरो दुरी चल्यो, मनभित्र हुरी चल्यो बोलको यो गीतमा माया र प्रेम पीडा एवं समर्पणका भाव समेटिएको छ।

गीतमा दीपक शर्माले संगीत दिएका छन् भने राज सिग्देलले गाएका छन्। सुदिप सागरले एरेन्ज गरेको गीतको म्युजिक भिडियो गीतकार शान्तिप्रियले नै निर्देशन गरेका छन्। म्युजिक भिडियोमा सुशान्त कार्की, अनामिका चौलागाईं र रश्मि रोदनलाई फिचरिङ गरिएको छ। छायांकान र सम्पादन माधवराज खरेलले गरेका छन्। एक अर्काप्रति समर्पित प्रेम जोडीमा सानो विछोड वा दुरी पनि कति पीडादायी हुन्छ भन्ने भाव पोखिएको शान्तिप्रियले बताए।