अबैध रुपमा हुण्डीको कारोवार गर्ने सात जना पक्राउ

0
Shares

काठमाडौं । अबैध रुपमा हुण्डीको कारोवार गर्ने पाँच जना भारतीय नागरीक सहित सात जनालाइ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेका काठमाडौंका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ, भारत घर भइ काठमाडौं बस्ने शिवकुमार साङतानी, अरुण सावरथिया, रविन्द्र चोखानी, राजकुमार सिघान्ची र जगदिश राना सरियालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
उनिहरुको साथबाट ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानव्बे रुपैंयाको चेक, ५१ लाख ४ हजार ५ सय रुपैंया नगद र मोवाइल, ल्यापटप बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । पक्राउ परेकामाथि प्रारम्भिक अनुसन्धान गरी थप कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ ।