कञ्चनपुरका स्थानिय तहहरु विकासमा एकमत

0
Shares

हरकसिह धामी, कञ्चनपुर ।
कञ्चनपुर जिल्लामा रहेका नौँ वटै स्थानिय सरकार जिल्लाको विकासमा एकमत भएका छन् । भिमदत्त नगरपालिका र जिल्ला समन्वय समितिले संयुत्त रुपमा आयोजना गरेको एक कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख÷उप–प्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरु र जिल्ला समन्वय समिति प्रमुख ÷ उप–प्रमुखको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङको अध्यक्षतामा भीमदत्त नगरपालिकाको सभाहलमा बसेको बैठकले जिल्लाको विकासमा एकअर्को स्थानिय तहसंग मिलेर काम गर्ने सहमति गरेका छन् ।

जिल्ला भित्र रहेका गौरवका आयोजनाहरु, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा चाँदनी सुख्खा बन्दरगाह, मझगाँउ विमानस्थल र बेलौरीमा भन्सार कार्यालय स्थापनाका लागि संयुक्त पहल गर्ने । स्थानीय तहमा निर्वाचित भएको १ बर्ष वितिसक्दा समेत कतिपय ऐन, कानून नबन्दा स्थानीय तह संचालन गर्न अप्ठ्यारो भइरहेकोले यथाशिघ्र ऐन, कानून र नियमावलीहरु निर्माण गर्ने र संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचीमा उल्लेखित अधिकारहरुको यथाशिघ्र सीमा निर्धारण गर्न संघ र प्रदेश सरकारसंग माग गर्ने ।

सामाजिक सुरक्षा भत्ता (बृद्धबृद्धालाई) निर्वाचनका बेला सरकारले गरेको प्रतिबद्धता अनुसार पाँच बर्ष भित्र रु ५००० (पाँच हजार) पु¥याउनका लागि प्रदेश सरकारलाई पहल गर्न र संघीय सरकालाई यथाशिघ्र निर्णय गर्न माग गर्ने ।

जिल्लामा लामो समय देखि ठूलो समस्याको रुपमा रहेको आरक्ष पीडित र सुकम्बासी समस्या समाधानका लागि यथाशिघ्र अधिकार सम्पन्न आयोग गठन गरि समस्या समाधन गर्न माग गर्ने । विगतमा संघीय संरचना अन्तरगत रहेका कर्मचारीहरुलाई स्थानीय तहमा समायोजन र विभिन्न कार्यालयसंग रहेको तत्कालको सम्पति यथाशिघ्र हस्तान्तरणका लागि माग गर्ने ।

कञ्चनपुरको पुनर्वास, बेलौरी बेल्डाँडी र महाकाली नगरपालिका क्षेत्रमा देखिएको सीमा समस्या र त्यसका कारण उत्पन्न तनाब समाधान गर्न तत्काल कूटनीतिक माध्यमबाट पहल गर्न संघीय सरकार समक्ष माग गर्ने । भीमदत्त नगरपालिकामा रहेको ७ नं. प्रदेश कै दोश्रो ठूलो नमूना अस्पताल महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसारका डाक्टर तथा आवश्यक उपकरण र औषधीको व्यवस्था गरि अस्तालको स्तरोन्नती गर्न माग गर्ने ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको वर्तमान अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दै सुधार र व्यवस्थापनका लागि आवश्यक छलफल गर्ने । भीमदत्त नगरपालिकामा निर्माण भइरहेको ब्रह्मदेव रौटेला जैविक धार्मिक पर्यटन मार्गलाई महाकाली गोदावरी धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्न बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले आ–आफ्नो नगर भित्र ट्र्याक खोली कार्य प्रारम्भ गर्ने ।

कञ्चनपुर जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता अध्ययन गरि तिनीहरुको प्रचार, प्रसार सामाग्री तयार गर्ने र अर्को बैठकबाट मिति तय गरि कञ्चनपुर पर्यटन बर्ष घोषणा गर्ने , जिल्लाका सबै कार्यालयका कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुका विच मासिक बैठक बस्ने ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले निकुञ्जमा प्रवेश गर्ने सवारी साधनवाट लिने शुल्क अत्यधिक भएकोले सवारी साधनमा लगाउदै आएको शुल्क घटाउन संघीय सरकारसंग माग गर्ने र चौधर नदीमा पुल निर्माण गरि शुक्लाफाँटाको प्रबेशद्धार बेल्डाँडीमा पनि निर्माण गर्न माग गर्ने । साथै महाकाली झोलंगे पुलको दक्षिणपुर्व ५ विघा क्षेत्रफलमा बालउद्यान र पिकनिक स्थल निर्माण गर्ने ।

जिल्ला कै सदरमुकाम भीमदत्त नगरभित्र, नगरको सौन्दर्यता समेत विगार्ने गरि नगर विकासका नाममा भइरहेको अतिक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिने । कञ्चनपुृर जिल्लाको समग्र विकास र समृद्धिका लागि ९ वटै स्थानीय तहहरु वीच आपसी समन्वय र साझेदार गरेर अगाडी बढ्ने निर्णय गरेका छन् ।