पाँच पत्रकार पुरस्कृत

0
Shares

चिरञ्जीवी मास्के
दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाले बिभिन्न विधामा पाँच जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाले जिल्ला समन्वय समिति दोलखाको सहयोगमा स्थापना गरेको विकास पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार राजेन्द्र मानन्धर तथा प्रदेश सदस्य पशुपति चौलागाईको सहयोगमा स्थापना गरेको गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार शम्भु गौतमलाई पुरस्कृत गरेको छ ।
त्यसैगरी समाजसेवी माधवमणी राजभण्डारीले आफ्नो पिता स्व. इन्द्रमणी राजभण्डारीको स्मृतिमा स्थापना गरेको इन्द्रमणी पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार सर्मिला बुढाथोकी र इन्द्रमणी पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार बाबुराम शर्मालाई पुरस्कृत गरेको छ । त्यसैगरी बरिष्ठ अधिवक्ता मुक्ति प्रधानले मेहेरमान फाउण्डेशन मार्फत आफ्नो आमा स्व. हेमन्तकुमारी प्रधानको स्मृतिमा स्थापना गरेको हेमन्तकुमारी महिला सम्मान राष्ट्रिय पुरस्कार २०७४ बाट रातोपाटी डटकम अनलाईनका पत्रकार एलिजा उप्रेतीलाई पुरस्कृत गरेको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश सदस्यमा निर्वाचित नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य रविन्द्र गौतम र जानुका अधिकारीलाई सम्मान समेत गरिएको थियो ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव ओम शर्मा, बरिष्ठ अधिवक्ता मुक्ति प्रधान, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, पुरस्कृत पत्रकार शम्भु गौतम र नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव विनिता शिवाकोटीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।