रेडियो समानतामा खरालको नेतृत्वमा नयाँ समिति

0
Shares

 

सीताराम चौधरी

कपिललवस्तु । दिव्यज्योति नेपालद्वारा संचालित सामुदायिक रेडियो समानता १०५ थोप्लो ४ मेगाहर्जको चौथो अधिवेशनले राजु खरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

रेडियोको कार्यालय चन्द्रौटामा शनिबार सम्पन्न अधिवेशनले खरालको नेतृत्वमा ११ सदस्यीय नयां कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मधुसुदन कोइराला, सचिवमा जन्जीत बन्जाडे, सहसचिवमा मुकुन्द पाण्डे, कोषाध्यक्षमा दिपक गैरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अधिवेशनले मधुसुदन पोख्रेल, रामप्रसाद वेल्वासे, तिला वराल, कृष्ण भण्डारी, लक्ष्मी पौडेल र हिरा रेग्मीलाई सदस्यमा चयन गरेको छ । अधिवेशनलले नारायण प्रसाद ज्ञवालीको संयोजकत्वमा तीन सदस्य लेखा समिति समेत गठन गरेको बताइएको छ । जसको सदस्यहरुमा रामकृष्ण शर्मा र अनिलसिंह चौधरी रहनुभएको छ ।

अधिवेशन पश्चात अध्यक्ष खरालले रेडियोको चौतर्फी विकासको लागि हरप्रयास गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । जिल्लाको तेश्रो तथा कपिलवस्तुको पश्चिमी क्षेत्रको पहिंलो रेडियोको रुपमा स्थापना भएको रेडियो समानतालाई उचित व्यवस्थापन गरिने खरालले उद्घोष गर्नुभयो ।

रेडियोका संस्थापक सदस्य एवं स्थापनाकालदेखि झण्डै ७ वर्ष रेडियोको स्टेशन म्यानेजर पदमा रही अनुभव सँगाल्नुभएका खराल रेडियोको चौथो अधिवेशनबाट अध्यक्ष पदमा चयन भएपछि रेडियो नया गतिबाट अगाडि वढ्ने विश्वास गरिएको छ । अध्यक्ष खराल सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का उपाध्यक्ष समेत हुनुहुन्छ ।