अञ्जुको त्यो मनसँग सार्वजनिक


सुगम गीतदेखि फिल्मी गीतसम्मा उत्तिकै लोकप्रिय गायिका अञ्जु पन्तद्वारा संगीतबद्ध कर्णप्रिय गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।

आधुनिक शैलीको त्यो मनसँग यो मन बोलको यो गीतमा गायिका पन्त मेलोडियस सुनिएकी छिन्। ओम कर्माचार्यको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतका रोमान्टिक शब्द गीतकार अम्बिका ज्ञवालीले रचना गरेकी हुन्। गीतकार ज्ञवालीले गीतका शब्दलाई प्रेमिल बनाएकी छिन्। गीतको म्युजिक भिडियोमा गीतकार ज्ञवालीलाई मोडलको रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा गीतकार ज्ञवालीले अभिनेता अनिल थापासँग अनस्क्रिन रोमान्स गरेकी छिन्। उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।

कोहलपुर एक्सप्रेसका डेब्यु निर्देशक विशाल भण्डारी यही भिडियोमार्फत पुनः म्युजिक भिडियोको निर्देशनमा फर्किएका छन्। गीतको भिडियो उनले पछिल्लो चरणमा निर्देशन गरेका भिडियोमध्येको एक हो। कोहलपुर एक्सप्रेसको सफलतापछि चलचित्रकै निर्देशनका लागि आइरहेको प्रस्तावलाई केही समय थाति राख्दै भण्डारीले केही समय म्युजिक भिडियोलाई दिने निर्णय गरेको बताएका छन्।