नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चौथोपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् ।
पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि हुने बताइएको छ । यद्यपी कसलाई कुन मनत्रालय दिने भन्ने कुरा अझैसम्म पनि खुल्न आएको छैन । उनीहरुलाई आजै सपथ गराइने तयारी भएको छ ।
प्रधानमन्त्री कार्यालयले थपिएका मन्त्रिको सपथका लागि राष्ट्रपति कार्यलयलाई तयारी गर्न पत्राचार गरिसकेको बताइएको छ । गत जेठ १४ गते सत्तारुढ दल संविधान संशोधन गर्न तयार भएपछि प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादववीच २ बुँदे सहमति भएको थियो ।सहमतीपछि फोरम सरकारमा सहभागि हुन राजी भएको हो ।
गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । यो त्यसपछिको चौथो मन्त्रिपरिषनद् विस्तार हुनेछ ।











प्रतिक्रिया