नेपाल समाचारपत्र, पाल्पा। पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको र मृतक मध्ये ११ को सनाखत भएको छ ।
सनाखत भएकामा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।
दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया