सहमतिको ६ दिनसम्म पनि किन हुन सकेन मन्त्रिपरिषद् विस्तार ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने सहमति भएको झन्डै एक हप्ता वितिसकेको छ । सहमतिसँगै फोरम सरकारमा जाने भन्ने व्यापक चर्चा भैरहँदा हालसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

यसअघि नै फोरमले परराष्ट्र र सहरी विकास मन्त्रालयको माग गर्दै आएको थियो । तर, नेकपाले स्वास्थ्य र सहरी विकास मन्त्रालय फोरमलाई दिन चाहेको छ । यसकारण फोरमलाई कुन मन्त्रालय दिने भन्ने विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बुझिएको छ । यस्तै खालका विवादले गर्दा सहमतिपत्रमा हस्ताक्षर गरेको हप्ता दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । तर, यसमा आन्तरिक छलफल भने चलिरहेको सचिवालय स्रोतले जनाएको छ ।

गत जेठ १४ गते सत्तारुढ दल संविधान संशोधन गर्न तयार भएपछि प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादववीच २ बुँदे सहमति भएको थियो ।

सहमतिमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिको आधारमा संविधान संशोधन गरेर अगाडि बढ्ने उल्लेख छ ।

‘सहमति लगत्तै फोरमले सरकारमा जाने मन्त्रिहरुको नाम दिने र सकभर बजेट ल्याउदा नै फोरम सरकारमा सामेल भइसक्ने गरी कुराकानी भएको हो तर, अहिलेसम्म उहाँहरुले आफ्नो तयारी नसकेर नै सपथमा ढिलाइ भएको देखिएको नकपाका एक नेताले बताए ।