जापानले ५ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउँदै


राजबिन थापा, जापान

जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने निर्णय गरेको छ। सिन्जो आबे सरकारले मंगलबार यी दवै क्षेत्रमा रहेका कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो।
अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्र्याउने निर्णय आवश्यक परिमार्जनसहित समावेश हुने समाचार संस्था क्योदोले जनाएको छ।जापान जानुअघि विदेशी कामदारले जापानी भाषा परीक्षा पास गर्नुपर्नेछ। कृषि, निर्माण, पानी जहाज लगायतमा काम पाउने र ५ वर्ष जापान बस्न पाउनेछन्।

तालिम गर्न गएका कामदार परीक्षा पास गरेपछि १० वर्षसम्म पनि बस्न सक्नेछन्। विदेशी कामदारले परिवारका सदस्यलाई भने जापान लैजान पाउने छैनन्। सरकारले नै कार्यक्रम सञ्चालन गरेर विदेशी कामदार भित्र्याउन लागेको छ।
अहिले जापानमा झन्डै १२ लाख ८० हजार विदेशी कामदार छन्। तीमध्ये चीनका २९, भियतनामका १९, फिलिपिन्सका १२, ब्राजिलका ९ र नेपालका ५ प्रतिशत रहेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।