सिर्जनाको गीतमा दुःख

0
Shares

गायिका सिर्जना गुरुङको स्वरमा आएको नयाँ गीत तथा त्यसको म्युजिक भिडियोले छोटो समयमै दर्शक तथा स्रोताको मन जितेको छ।

किन दुःख मान्छौ बोलको गीतको म्युजिक भिडियो युट्युबमा अपलोड भएको छोटो समयमै दर्शकको मन जितेको हो। गीतमा गायक तथा संगीतकार बीपी वाग्लेको शब्द तथा संगीत रहेको छ। गीतको संगीत संयोजन विष्णु अधिकारीको रहेको छ। युवराज वाइबाद्वारा निर्देशित उक्त भिडियोमा अभिनेतृ रीमा विश्वकर्मा तथा दीपक काफ्लेले अभिनय गरेका छन्। उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्।


स्टाइलिस गायिकाको रूपमा चिनिएकी सिर्जना गुरुङ पछिल्लो समय कन्सर्टमा समेत सक्रिय छिन्। अघिल्लो वर्ष मेरो एल्बम शीर्षकको डेब्यु एल्बम सार्वजनिक गरेकी सिर्जनाले यसअघिको खुसी छ यो मन गीतको म्युजिक भिडियो पनि दर्शकमाझ लोकप्रिय भएको थियो। मेरो एल्बमका गीतहरुमार्फत सिर्जनाले पप गायन क्ष्ँेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास जारी राखेकी छिन्। मेरो एल्बममा किन दुःख मान्छौ, खुसी छ यो मन, फरिया र गुन्युचोली, न रुन समय पाएँ, वैंश मेरो फुलेका, राजकुमार जिन्दगीको, तिम्रो कोमल आँखा बोलका गीत छन्।