कम्युनिष्ट पार्टीको दवाबमा बजेट ल्यायएको कांग्रेस नेता रिजालको आरोप

0
Shares

गंगा बराल काठमाडौँ ।

कांग्रेस सांसद् मिनेन्द्र रिजालले नेपाल कम्युनिस्ट पार्टीको दबाबमा वजेट आएको आरोप लगाउनुभएको छ ।

वजेटले तत्कालीन एमाले र माओवादीले जनतामाझ निर्वाचनमा गरिएका प्रतिवद्धता पूरा नगरेको बताउनुभयो । ‘निर्वाचन सकिइहाल्यो किन प्रतिवद्धता पूरा गर्नुप¥यो भन्ने लागेको होला, अर्को चुनाव अहिले नै आइहाल्दैन’ रिजालले भन्नुभयो । चर्को राष्ट्रवादको नारा लाउने सरकार चुकेको छ ।

पार्टीका कार्यकर्ताको नाममा वजेट छुट्याइएको छ । पुराना चालु योजनालाई सरकारले प्राथमिकता दिन नसकेको उहाँको आरोप थियो । जनतालाई रोजगारी दिने भनिएको कुरा सत्य नभएको भन्दै रिजालले प्रधानमन्त्रीले आफ्नो पद जोगाउन खोजेको आरोप लगाउनुभयो ।

संसद्मा अर्थमन्त्री र सांसद् रिजालको दोहोरी चलिरहने गरेको छ । यसअघि संसद्मा अर्थमन्त्रीले श्वेतपत्र जारी गर्दा पनि रिजालले मन्त्री खतिवडाको सीप र ज्ञानको दुरुपयोग भएको भन्दै आलोचना गर्नुभएको थियो ।