संसदमा बजेटबारे छलफल सुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
आर्थिक वर्ष २०७५/७६ को बजेटका विषयमा आजबाट संघिय संसदमा छलफल सुरु भएको छ ।

सरकारले गत मंगलबार सार्वजनिक गरेको १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटबारे छलफल सुरु हुने भएको हो।सरकारले ल्याएको बजेट संसदबाट पारित गर्ने संवैधानिक प्रावधानअनुसार छलफल सुरु गर्न लागिएको संसद सचिवालयले जनाएको छ।
बिहान ११ बजे व्यवस्थापिका संसद सुरु भएको छलफलमा कांग्रेसका नेता डा.मिलेन्द्र रिजालले बजेट त्यती उत्कृष्ट नभएको प्रतिक्रिया दिएका छन्।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा बिहीबार, शुक्रबार र आइतबार छलफल हुने छ भने अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार जवाफ दिने कार्यक्रम छ।

राष्ट्रिय सभामा भने बजेटबारेको छलफल बिहीबार र शुक्रबार हुने बताइएको छ।